नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा नेपालमै पहिलोपटक श्रीमद्भागवत महापुराणको एकवर्षे प्रशिक्षण सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणवाचक, कर्मकाण्ड गर्ने पुरोहित र ज्योतिषीलाई अनुमति पत्र (लाइसेन्सं) दिने गरी तयारी थालेकै बेला विद्यापीठले प्रशिक्षण सुरु गरेको हो । आधिकारिक ज्ञान नै नभएकाले कथावाचन गरिरहेको गुनासो बढेकाले विद्यापीठले यस्तो प्रशिक्षण राखिएको जनाइएको छ ।
विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रशिक्षणको उद्घाटन गरिए पनि कक्षा भने चैत ३ गते आइतबारदेखि सुरु हुने प्राचार्य अच्युत लामिछानेले जानकारी दिए । दिउँसो चार बजेदेखि प्रत्येक दिन एक घण्टा प्रशिक्षण दिइने उनले बताए ।
भागवत प्रशिक्षणका लागि ४५ जना प्रशिक्षार्थी आइसकेका छन् । चैत ३ गतेसम्म आउने ६० जनालाई पढाउन सकिने विद्यापीठले जनाएको छ । प्रशिक्षार्थीलाई भागवत पाठ गर्न, व्याख्या गर्न, वेदान्त, दर्शनजस्ता विषय सिकाइने छ ।
प्रशिक्षणमा गुरुत्व ग्रहण गर्न खोज्ने तर राम्रोसँग पाठ नगर्नेलाई सिकाउने गरी लक्षित गरिएको छ । उद्घाटन कार्यक्रममा धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जीवात्मालाई परमात्मासँग जोड्न पाठपारायण गरिने भएकाले त्यसका लागि प्रशिक्षण उपयोगी हुने बताए । यसका लागि यजमान पनि सचेत भएर योग्य वाचकको खोजी गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल प्राध्यापक सङ्घ वाल्मीकि विद्यापीठ समितिका सभापति प्रा मुकुन्दप्रसाद लामिछाने, प्रशिक्षण कार्यक्रम संयोजक चेतमणि न्यौपानेलगायतले यस्ता कार्यक्रमले संस्कार र संस्कृतिलाई सही रूपमा बचाउने भएकाले सुरु गर्नु परेको बताए । भागवत पाठपारायण र कथावाचन शुद्धसँग गर्ने अभ्यासका लागि प्रशिक्षण फलदायी हुने उनीहरुको भनाइ छ ।
कम्तीमा उत्तरमध्यमा उत्तीर्ण गरी शास्त्री सुरु गरेका प्रशिक्षार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । भागवत वाचनको अभ्यास सिक्न नेपालीहरू भारतको वृन्दावन, वनारसलगायत स्थानमा जाने गरेका छन् । नेपालमै भागवतको प्रशिक्षण सुरु गरिएको यो पहिलो पटक हो । शास्त्रीय रूपमा भने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विद्यापीठमा इतिहास पुराण विषयमा तोकिएका विभिन्न पुराणका विषय पढाइ हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडाको प्रधानमन्त्रीका रुपमा कार्नीको पहिलो भाषण, ‘ट्रम्पको अनुहार तत्काल नहेर्ने’
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी