गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’
शुक्रबार, ०१ चैत २०८१, २१ : ०५

गोरखा । गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा पदयात्रा’ सुरु भएको छ । देशका ३५ जना साहित्यकारहरू ‘स्रष्टा पदयात्रा’ का लागि आज गोरखा आइपुगेको गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
उनले नेपाल एकीकरणको इतिहास बोकेको गोरखाको इतिहास बुझ्न र बुझाउन यस पदयात्राले महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गरे ।
पदयात्रा नेपाल काठमाडौँका अध्यक्ष शितल गिरीको नेतृत्वमा श्रष्टा पदयात्रीहरू यहाँ आइपुगेका हुन् । पदयात्राका क्रममा उनीहरूले जिल्लाका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्दै लेख, रचना, तथा भिडियो डकुमेन्ट्रीमार्फत उजागर गर्नेछन् । पदयात्रामा वरिष्ठ गजलकार ज्ञानुवाकार पौडेल, साहित्यकार खोलाघरे साइलो, शान्ति सापकोटा, हरिश कल्पित, डा बालचन्द्र मिश्रलगायतको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्रीको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन