त्रिवि प्रिन्सिपल कार्यालयको तालाबन्दी खोल्न होटलमा छलफल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा छलफल गर्न उपकुलपतिसहितका पदाधिकारी छलफलमा जुटेका छन् । स्वयम्भूमा रहेको होटल बज्रमा उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिष्ट्रार प्राडा केदार रिजाल लगायतका अधिकारीहरू तालाबन्दी खोल्ने विषयमा छलफल गर्न लागेका हुन् ।
स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी खुलाउने विषयमा पदाधिकारीसहित छलफलमा जुटेका हुन् ।
बेलुका ५ बजे छलफल गर्ने भनेर सभापति बडैलासहितका नेताहरूलाई बोलाएको थियो । तर, उपकुलपतिसहितका अधिकारीहरू भित्र छलफल गरिरेहेको तर, आफूहरूलाई बाहिरै राखिएको बडैलाले जानकारी दिए ।
‘तालाबन्दी खोल्ने विषयमा छलफल गर्न भनेर पाँच बजे बोलाएको थियो । त्यसपछि हामी १५ जना जति साथीहरू आयौँ । तर, हामीलाई भित्र जान दिएको छ । डिएसपीको कमान्डमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । हामीलाई बाहिरै राखेर उनीहरू छलफल गरिरहेका छन्,’ बडैलाले भने ।
यसअघि कीर्तिपुर प्रहरी वृत्तमा छलफल राखिएको थियो । उक्त छलफलको क्रममा विद्यार्थीहरूले तालाबन्दी खोलेको खण्डमा हात काटिदिने धम्की दिएका थिए । त्यसपछि मुख्य निर्वाचन अधिकृत, प्रिन्सिपल कार्यालयका अधिकारीहरूले कुनै निर्णय गर्न नसकेको त्रिवि प्रिन्सिपल कार्यालय स्रोतले जनाएको छ ।
त्यसपछि अहिले महँगो होटलमा बसेर पदाधिकारीहरू छलफल गरिरहेका हुन् । अत्यधिक मात्रामा सुरक्षाकर्मी परिचालन गरेर पदाधिकारी मात्रै छलफल गरिरहेका उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु
-
त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन
-
हिमवतखण्ड कला–साहित्य सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत