शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४ करोडको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

शुक्रबार, ०१ चैत २०८१, १९ : ३७
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । बैंकिङ कसुरमा ४ करोड ९ लाख रुपैयाँ बिगो कायम भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका कुयाङछुयाङ दोर्जे लामालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । 

काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका ४९ वर्षीय लामा अनामनगरबाट पक्राउ परेका हुन् । उनलाई कारबाहीका लागी प्रहरी वृत्त महाराजगन्जमा पठाइएको एसपी आचार्यले जानकारी दिए । उनी काठमाडौँ महानगरपालिका वडा नम्बर–६ मा बस्दै आएका थिए । 

उनीविरुद्ध प्रहरी वृत्त मालीगाउँमा पनि २४ लाख बिगो भएको बैंकिङ कसुरको जाहेरी दर्ता भएको भेटिएको छ । पाँचवटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन पनि लामा संलग्न देखिएका छन् । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन आइडिलय यमुनाको मुद्दामा समेत उनी फरार रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?