विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा साढे ४४ अर्ब बढी लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांक अनुसार यो वर्षको साउनदेखि फागुन मसान्तसम्म ४२७ कम्पनीबाट ४४ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० अर्ब रुपैयाँ कम हो । गत आर्थिक वर्षको यही अवधिमा ५६ अर्ब ४४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । जुन करिब २१ प्रतिशत कम हो ।
यो प्रतिबद्धतामा पर्यटन, सेवा, सूचना तथा प्रविधि लगायतका क्षेत्र अगाडी देखिएका छन् । यो अवधिमा सेवा क्षेत्रमा सबैभन्दा बढी २२ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भित्रिएको छ । यो कुल प्रतिवद्धताको झन्डै ५० प्रतिशत हो । यो क्षेत्रमा ५४ वटा लगानी प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै, पर्यटन क्षेत्रमा मात्र १७ अर्ब ९० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । जुन कुल लगानी प्रतिबद्धताको करिब ४० प्रतिशत हो । यो क्षेत्रमा १८० वटा लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।
यस्तै, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । ३० वटा प्रतिवद्धतामार्फत् आएको यो कुल रकमको ५.८९ प्रतिशत हो । यस्तै, सूचना तथा प्रविधि क्षेत्रमा ९५ करोड रुपैयाँको प्रतिबद्धता आएको छ यो करिब कुल २ प्रतिशत बराबर हो । यो क्षेत्रमा सबैभन्दा बढी १५४ वटा लगानी प्रतिबद्धता प्राप्त भएको छ । कृषि तथा ऊर्जा क्षेत्रले भने तुलनात्मक रूपमा कम लगानी आकर्षित गरेको देखिन्छ।
- यस्तो छ फागुन महिनाको अवस्था
हालसम्म प्राप्त भएको प्रतिवद्धतामध्ये फागुन महिनामा मात्रै १७ अर्ब ८० रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ । यसअघि साउनमा करिब ८ अर्ब प्रतिबद्धता प्राप्त हुनु नै यो वर्षको सबैभन्दा ठूलो प्रतिबद्धता थियो । यो महिना एकै पटक प्रतिबद्धता रकम बढेको हो ।
फागुनमा प्राप्त भएको लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही महिनाको तुलनामा झन्डै तेब्बर हो । अघिल्लो वर्ष यही अवधिको करिब ६ अर्बको मात्रै लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
यो अवधिमा उत्पादनमूलक क्षेत्रमा ३ वटा स्वीकृतिबाट ५१ करोड, कृषि क्षेत्रमा एउटा स्वीकृतिबाट २ करोड, पर्यटन क्षेत्रमा १२ वटा स्वीकृतिबाट ५८ करोड, सेवा क्षेत्रमा ६ वटा स्वीकृतिबाट १६ अर्ब र सूचना प्रविधि क्षेत्रमा २० स्वीकृतिबाट १४ करोड ३६ लाख वटा प्रतिबद्धता प्राप्त भएको उद्योग विभागको तथ्यांक छ । पूर्वाधार क्षेत्रमा भने प्राप्त भइसकेको लगानी प्रतिबद्धता फिर्ता भएको तथ्यांक छ ।
यो प्रगतिसँगै सुरुदेखि अहिलेसम्मको कुल लगानी प्रतिबद्धता ५ अर्ब ६४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको यो अवधिसम्म शेयर खरिद सम्झौता अन्तर्गत ३२ परियोजनामा १ अर्ब ९४ करोड ५० लाख लगानी स्वीकृति प्रदान गरिएको विभागको तथ्यांक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमवतखण्ड कला–साहित्य सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
-
मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने
-
सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’
-
त्रिविका यी ११ आङ्गिक क्याम्पसमा अगाडि बढेन स्ववियु निर्वाचन प्रक्रिया
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई प्रचण्डको दुई संगीन आरोप, पर्यटनमन्त्रीविरुद्ध उजुरी