पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

काठमाडौँ । विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ । सञ्चालनका लागि अग्निहोतृ नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो ।
पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुनःसञ्चालन गर्न लागिएको सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । अग्निहोतृको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए । अग्निहोतृशालामा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।
विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोतृले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि बन्द भएको थियो ।
अग्निहोतृ परिवारकी डा माया गौतम पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताउँछन् । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी