एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
शुक्रबार, ०१ चैत २०८१, १८ : ४७

सर्लाही । जिल्लाको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।
बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिए । घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए ।
एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने