पूर्वराजाको ‘भान्जा हुँ’ भनेर ठग्ने सिंह गए जेल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठगी गरेको आरोप लागेका अनुप सिंहलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
तर, ललितपुर जिल्ला अदालतले मागेको १२ लाख धरौटी नबुझाएपछि उनी कारागार चलान भएका छन् । सिंहलाई नख्खु कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
सिंह सहित ७ जना मिलेर १ करोड २७ लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिंहसँगै पक्राउ परेका सचिन व्यञ्जनकार ६० हजार धरौटी बुझाएर छुटेका छन् । बनेपाका घर भएका राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल १ लाख धरौटीमा छुटेका छन् ।
काठमाडौँ महानगरपालिका–३० असन घर भएका अनुप सिंहले आफूलाई ‘पूर्वराजाको भान्जा हुँ’ भनेर चिनाउँथे । तिनै सिंहले पश्चिम रुकुमको बाफिकोट घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै आएका सुभद्रा दाहाल र नम्रता केसीलाई ‘अमेरिका सपना’ देखाएर ठगेको आरोप छ ।
सिंहको समूहमा आबद्ध राजकुमार केसी, सचिन व्यञ्जनकार र दीपकराज खनाल पनि पक्राउ परेका थिए । यस्तै ठगीमा संलग्न रहेको आरोप लागेका गोरखा घर भएका रामचन्द्र खनाल, गुल्मी घर भएका किरण सिंह कार्की र अभिषेकराज खनाल फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने
-
सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’
-
त्रिविका यी ११ आङ्गिक क्याम्पसमा अगाडि बढेन स्ववियु निर्वाचन प्रक्रिया
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई प्रचण्डको दुई संगीन आरोप, पर्यटनमन्त्रीविरुद्ध उजुरी
-
पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी