अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकविरुद्ध काठमाडौँमा प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । नेपालमा शनिबारदेखि सुरू हुने अन्तर्राष्ट्रिय जनअदालतको पूर्वसन्ध्यामा शुक्रबार शान्तिपूर्ण प्रदर्शनका साथै नेपालमा रहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यालयमा माग पत्र बुझाइएको छ ।
दर्जनौँको संख्यामा रहेका जलवायु अभियन्ताले बाजागाजा सहित दरवारमार्गसम्म प्रदर्शन गरेर माग पत्र बुझाएका हुन् ।
नेपाल सहित भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान, महिला समूह र नागरिक समाज संगठनको उपस्थिति रहेको प्रदर्शनपछि अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक विरुद्धको नागरिक माग पत्र बुझाएको बताइएको छ।
एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी संयोजक लिडी नाकपिलले भनिन्, 'आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा, विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको छ। यी संस्थाहरू जी सेभेनका मुख्य उपकरणहरू हुन्, जसले जलवायु संकट र ऋण संकटलाई झन् गहिरो बनाइरहेका छन्। अब तिनीहरूले ऋणलाई समाधानको रूपमा जबर्जस्ती लादने कार्य बन्द गर्नुपर्छ, विशेषगरी जलवायु सकटलाई झन् विकराल बनाउने नीतिहरू अविलम्ब रोक्नुपर्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमवतखण्ड कला–साहित्य सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत
-
मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने
-
सातै प्रदेशमा सकियो एकमहिने ‘प्रादेशिक ललितकला प्रदर्शनी’
-
त्रिविका यी ११ आङ्गिक क्याम्पसमा अगाडि बढेन स्ववियु निर्वाचन प्रक्रिया
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई प्रचण्डको दुई संगीन आरोप, पर्यटनमन्त्रीविरुद्ध उजुरी