कलङ्कीमा युवकलाई खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, ०१ चैत २०८१, १८ : १२
_HDK8lwNdDb.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलङ्की स्थित सिता पम्प अगाडी युवकलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएर बाफल बस्ने २० वर्षीय सुशील तामाङ छन् ।
उनलाई घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आपसमा विवाद भएपछि फागुन २९ मा तामाङले मोरङको कटारी गाउँपालिका–४ घर भएर कालीमाटी बस्ने ३० वर्षीय सुवास राईलाई खुकुरी प्रहार गरेका हुन् । आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
-
मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह ‘महामूर्ख’ घोषित
-
गुल्मीमा हत्या र काभ्रेपलाञ्चोकमा शृङ्खलाबद्ध डकैतीमा संलग्न पक्राउ
-
‘'कम्युनिस्ट' भनेर कार्यकर्तालाई ठग्ने, 'समाजवादी' भनेर जनतालाई ठग्ने ?’
-
त्रिवि प्रिन्सिपल कार्यालयको तालाबन्दी खोल्न होटलमा छलफल
-
सेन्सरबारे दीपकराज गिरी, दयाहाङ राई र नवीन सुब्बाको आपत्ति