शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न

शुक्रबार, ०१ चैत २०८१, १७ : ५८
शुक्रबार, ०१ चैत २०८१

बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सञ्चालित क्लपुत्र प्रबज्या ५ सय नवश्रामणेरलाई बौद्ध धर्मगुरुहरूबाट प्रमाण पत्र प्रदान गर्दै सम्पन्न भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सह आयोजनामा सञ्चालन भएको अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम थाइल्याण्डको धम्मकाय फाउन्डेसनको सहयोगमा सम्पन्न भएको हो ।

prabajya (1)

समापन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवर्द्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुग्ने बताए ।

यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा सात हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्राम देखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको कोषले जनाएको छ ।

prabajya (2)

कोषका अनुसार सन् २०११ मा एक हजार, २०१५ मा एक हजार ११२, सन् २०१९ मा एक हजार ११९, सन् २०२३ मा ५ सय र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष ५ सय जनालाई प्रव्रज्या गरिएको छ  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?