पावर बैंकका कारण विमान दुर्घटना !
शुक्रबार, ०१ चैत २०८१, १५ : ५९

सोल । गत जनवरीमा दक्षिण कोरियामा भएको विमान दुर्घटना पोटेर्बल पावर बैंकका कारण भएको हुनसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।
गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा जनवरी २८ मा एयर बुसनको विमान दुर्घटनामा परेको थियो । दुर्घटनाका कारण विमानभित्र रहेका तीन जना घाइते भएका थिए ।
अन्तरिम छानबिनको नतिजाले आगलागी पावर बैंकभित्रको इन्सुलेशनका कारण आगो लागेको देखाएको छ । पावर बैंक टाउको माथि लगेज राखिने खण्डमा थियो । ब्याट्री के भएर पड्कियो भनेर चाहिँ अनुसन्धाताहरूले नखुलाएको बताइएको छ । विश्वभर नै विमान सेवा प्रदायकहरूले लगेजमा पावर बैंक लैजान दिँदैनन् ।
सो उपकरणभित्र हुने लिथियम–आयन ब्याट्रीका कारण यस्तो प्रतिबन्ध लगाइएको हो । म्यानुफ्याक्चरिङ त्रुटि वा अन्य कुनै क्षतिका कारण सर्ट सर्किट भयो भने यसको ब्याट्री निकै तात्छ र आगो समेत लाग्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन