२०२६ सम्म युद्ध लम्ब्याउन चाहन्छ रुस, के गर्लान् अब ट्रम्प ?

वासिङ्टन डिसी । रुस र युक्रेनबिच शान्तिका लागि कुराकानी भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ३० दिने युद्धविराममा सहमति जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि युद्धविरामको लागि तयार देखिन्छन् । तर उनले दीर्घकालीन समाधानबारे कुरा गरिरहेका छन् । यसैबिच, रुसको गोप्य योजना भनिएको रिपोर्ट चुहिएको छ । रिपोर्टका अनुसार पुटिनले २०२६ सम्ममा युक्रेनलाई कमजोर बनाउने र यसको सरकारलाई पूर्ण रूपमा ध्वस्त पार्ने योजना बनाइरहेका छन् । क्रेमलिनका गोप्य कागजातहरूका अनुसार रुसको उद्देश्य युक्रेनी सरकारलाई उल्टाउनुका साथै अमेरिकालाई कमजोर पार्नु र पश्चिमा प्रभावलाई रोक्नु हो ।
यी चुहावट भएका कागजातहरू वासिङ्टन पोस्टले आफ्नो नियन्त्रणमा लिएको छ । यस अनुसार, शान्ति सम्झौता गर्ने पुटिनको कुनै मनसाय छैन । रिपोर्टका अनुसार, यो दस्ताबेज पहिलो पटक फेब्रुअरीमा रुसी संघीय सुरक्षा सेवा (एफएसबी)सँग सम्बन्धित थिंक ट्याङ्कले तयार पारेको थियो । युद्ध रोक्नु अघि रुसले आफ्ना धेरै मागहरू पूरा होस् भन्ने चाहेको यसले छर्लङ्ग पारेको छ ।
यस्तो छ रुसको चाहनाः
– वार्ताको टेबलमा कमजोर अमेरिका ।
– युक्रेनी सरकारको पूर्ण विघटन ।
– २०२६ अघि युद्धको कुनै समाधान छैन ।
– नयाँ बफर जोनको निर्माण ।
– युरोपेली शान्ति सेनालाई युक्रेनमा अनुमति नदिने ।
– युक्रेनसँग नेटोको सदस्यता नहोस् ।
–आफूले कब्जा गरेका क्षेत्रहरू रूसमा गाभियोस् ।
यस्तो छ रूसको योजनाः
ट्रम्पले युक्रेनी सीमामा जतिसक्दो चाँडो पूर्ण शान्ति सुनिश्चित गर्ने कुरा गरिरहेका छन् । तर यो हासिल गर्न असम्भव देखिन्छ । चुहिएको दस्ताबेजमा २०२६ अघि कुनै पनि स्थायी शान्तिपूर्ण समाधान फेला पार्न नसकिने उल्लेख छ । दस्ताबेजका अनुसार, रुसले वर्तमान युक्रेनी सरकारलाई पूर्ण रूपमा समाप्त गर्न चाहन्छ, जसमा यसको सबैभन्दा ठुलो शत्रु जेलेन्स्की पनि समावेश छन् । वर्तमान युक्रेनी शासन देश भित्रबाट परिवर्तन गर्न सकिँदैन र यसलाई पूर्ण रूपमा समाप्त गरिनुपर्ने पनि दस्ताबेजमा उल्लेख छ ।
दस्ताबेजका अनुसार, रुसले वार्ताको क्रममा अमेरिका कमजोर स्थितिमा रहोस् भन्ने चाहेको छ ताकि कुनै पनि सम्झौतामा रुसले अग्रता पाओस् । दस्ताबेजका अनुसार, यो गर्ने सबैभन्दा राम्रो तरिका भनेको युक्रेनलाई युद्ध भूमिमा पराजित गर्नु भएकोमा पुटिन विश्वस्त छन् । २०२६ अघि कुनै पनि शान्तिपूर्ण समाधान फेला पार्न नसकिने पनि दस्ताबेजमा स्पष्ट उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत