मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

बलात्कारपीडित ८ वर्षीया बालिकाको मृत्युपछि बङ्गलादेशमा उग्र भयो प्रदर्शन

शुक्रबार, ०१ चैत २०८१, १५ : ४९
शुक्रबार, ०१ चैत २०८१

ढाका । बङ्गलादेशमा एक आठ वर्षीया बलात्कार पीडित बालिकाको निधन भएको छ । बिहीबार ती बालिकाको मृत्युपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ ।

 बालिकाकी आमाले दिएको उजुरी अनुसार, मार्च ५ को राति मागुरा सहरमा आफ्नी दिदीको घरमा गएकी बालिका बलात्कारमा परेकी थिइन् । प्रहरीले मुद्दा दर्ता गरी केटीकी दिदीको श्रीमान्, ससुरा, सासू र देवरलाई पक्राउ गरी हिरासतमा राखेको छ । 

बिहीबार राति, बालिकाको मृत्युको खबर सुनेपछि, आक्रोशित भीड घटना भएको भनिएको स्थानमा पुगेको थियो । भीडले घटना भएको घरमा आगो लगाइदिएको छ ।

 ती बालिकालाई मार्च ८ मा अस्पताल भर्ना गरिएको थियो र राजधानी ढाकाको संयुक्त सैन्य अस्पतालमा छ दिनसम्म उनी गम्भीर अवस्थामा थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप