बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ

शुक्रबार, ०१ चैत २०८१, १५ : ३४
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० घर भएका १९ वर्षीय धिरज पटेल छन् ।

अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न आरोपमा उनलाई वीरगन्जको लालपर्साबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए । उनले वीरगन्ज–१६ स्थित अनुज कुमार सर्राफको घरमा कोठा लिएर कल बाइपास गरेको भेटिएको छ । 

उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।  कल बाइपासमा प्रयोग भएको उपकरण प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप