माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना

काठमाडौँ । आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो । सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसदको चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले शिक्षाप्रतिको उदासीनताका कारण मुलुकको विकास हुन नसकेको जिकिर गरे । शिक्षाको विकासमा सरकारको कुनै ध्यान जान नसकेको उनको भनाइ छ । उनले आफूहरूको माग पुरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिए ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ ।
त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौँमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।
अव सरकारसँग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दबाब दिने अध्यक्ष सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश