शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने

शुक्रबार, ०१ चैत २०८१, १३ : ५३
शुक्रबार, ०१ चैत २०८१

एजेन्सी

नियोन । च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडका जुलियन अल्भारेजको पेनाल्टीलाई रद्द गरिएपछि युरोपेली फुटबलको नियामक निकाय यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने भएको छ ।

प्रतियोगिताको अन्तिम १६ अन्तर्गत रियल मड्रिडविरुद्धको पेनाल्टी सुटआउटमा अल्भारेज चिप्लिँदै पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहार गोलमा परिणत भए पनि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले अर्जेन्टिनी खेलाडीले बललाई दुई पटक छोएको बताउँदै सो गोल रद्द गरेको थियो ।

यूईएफएले बिहीबार पेनाल्टीबारे नियम सो खेलमा सही रूपमा लागू भएको बताए पनि पेनाल्टीका वर्तमान नियमहरूबारे इन्टरनेसनल फुटबल एसोसिएसन (आईएफएबी) र फिफासँग ‘नियतबिना दुई पटक बल छोएको’ बारेमा छलफल गर्ने जानकारी दिएको छ ।

आईएफएबीको पेनाल्टीबारे धारा १४.१ मा अर्को खेलाडीले बल नछोएसम्म कुनै पनि पेनाल्टी प्रहार गर्ने खेलाडीले पुनः बल छुन नपाउने उल्लेख गरिएको छ । हालको नियमअनुसार भीएआरले सो गोललाई रद्द गर्ने निर्णय गरेको पनि यूईएफएले स्पष्ट पारेको छ ।

एट्लेटिकोले सबै प्रतियोगितामा रियलविरुद्ध भएका सबै ६ वटा पेनाल्टी सुटआउट गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?