आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

ललितको फाइफर, रोमाञ्चक खेलमा पुलिस २ विकेटले विजयी

शुक्रबार, ०१ चैत २०८१, १३ : ४३
शुक्रबार, ०१ चैत २०८१

लमही । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी क्लब (एपीएफ) माथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ५७ बलमा २ छक्का प्रहार गरे ।

अर्जुन साउदले ११ रन तथा रासिद खानले १० रन बनाए । गुल्सन झाले नटआउट रहँदै १२ रन बनाएर टोलीलाई जित दिलाए । एपीएफका लागि भुवन कार्कीले ७ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट तथा कमल ऐरीले १ विकेट हात पारे । यसअघि, ललित राजवंशीले घातक बलिङ गरेपछि एपीएफ २७.४ ओभरमा ९४ रनमा समेटिएको थियो ।

राजवंशीले ७.४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ६ विकेट लिएका थिए । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रनको योगदान दिए । उनले २९ बलमा ४ चौका हिर्काए । त्यस्तै, लोकेश बमले २४ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । आशिफ शेख र अमर रौटेलाले समान १०–१० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाल पुलिस क्लबका लागि सागर ढकाल, करन केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए । नेपाल पुलिस क्लबको यो लगातार तेस्रो जित हो भने एपीएफको यो पहिलो हार हो ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप