डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्री हस्तान्तरण
शुक्रबार, ०१ चैत २०८१, १३ : ०३
_ARh6FZbX1E.jpg)
उदयपुर । डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर र्याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताए। जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ ।
जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ । औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्सरबारे दीपकराज गिरी, दयाहाङ राई र नवीन सुब्बाको आपत्ति
-
चाड बन्यो सन् २०२४ कै सर्वाधिक प्रदूषित देश, नेपाल सातौँ नम्बरमा
-
प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरे : ज्ञानेन्द्र शाही
-
४ करोडको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ
-
पूर्वराजा ज्ञानेन्द्र ‘मूर्ति चोर’ र दरबार हत्याकाण्डका ‘मास्टरमाइन्ड’ भएको प्रचण्डको आरोप (भिडियोसहित)
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने