ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की

वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने धम्की दिएका छन् । अमेरिका र यूरोपेली संघ (ईयू) बिचको व्यापार युद्ध चर्किदै गर्दा ट्रम्पले यस्तो धम्की दिएका हुन् ।
ट्रम्पले यूरोपबाट आउने स्टिल र अल्मुनियममा अतिरिक्त भन्सार महसुल लगाएपछि ईयूले अमेरिकाबाट आउने ह्विस्कीमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ । जस्तालाई त्यस्तै गर्ने नीति चर्किदै गर्दा ट्रम्पले यो धम्की दिएका हुन् ।
शत्रुतापूर्ण र दूरव्यवहारपूर्ण व्यवहार गरेको र अमेरिकालाई लुट्ने उद्देश्यले समूह बनाएको भन्दै अमेरिकी ह्विस्कीमाथि ईयूले लगाएको महसुल तत्कालै हटाइहाल्न ट्रम्पले भनिरहेका छन् । पछिल्लो अवस्थाबारे कुराकानी गर्न अमेरिका र ईयूबिच फोन वार्ताको तयारी भइरहेको यूरोपेली आयोगका प्रवक्ताले भनेका छन् ।
ट्रम्पको पछिल्लो धम्कीपछि ईयूका व्यापार आयुक्त मारोस सेफ्कोभिकले अमेरिकी समकक्षीसँग कुरा गर्न लागको पूष्टि भएको छ । हरेक वर्ष यूरोपबाट अमेरिकामा ४ अर्ब ८० करोड डलर बराबरको रक्सी भित्रिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’
-
बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित
-
प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान
-
‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’
-
रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ