शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘आउटलः दफा २१९’ हेरेपछि दर्शकले के भने ?

शुक्रबार, ०१ चैत २०८१, १२ : १०
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । बिहीबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । फिल्मले बिहीबार देशभरको हलमा राम्रो दर्शक पाउन सफल भएको हो ।

फिल्मले दर्शक मात्र राम्रो पाएको छैन । प्रतिक्रिया पनि राम्रो  मिलेको छ । बिहीबार दिनभर काठमाडौँका विभिन्न हलमा फिल्म युनिट पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । सो क्रममा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएको हो ।

हलमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान लगायत हल–हलमा पुगेका थिए ।

फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरूको चाप हलमा बढी देखिएको थियो । फिल्म हेरेपछि अधिकांश दर्शकले एक्सनको खुलेरै तारिफ गरे । फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन् ‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथको फिल्म पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’

काठमाडौँ बाहिरका दर्शकले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्जब छ ।

फिल्म हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने, ‘सुरुवातको १० मिनेट फिल्म केही स्लो छ । यसपछि फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ ।’

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने, ‘मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ । आज दर्शकहरूले दिनुभएको मायाले उत्साहित छु ।’

movie out ow  (3)

फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरूले गरेको मिहिनेतमा दर्शकहरूले साथ दिएको भन्दै खुसी व्यक्त गरे ।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा सुशीलका अलावा नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।

movie out ow  (2)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?