‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वस्तिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् ।
पोस्टर सार्वजनिक गर्दै सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रङ्गहरू समेटेर वसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङ्गहरू समेटेर फिल्म ‘वसन्त’ तयार भएको छ । ती रङ्गहरू मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ ।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्म प्रकाश र स्वस्तिमाको अलावा प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता, अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता हुन् । काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले फिल्मको वितरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र ‘मूर्ति चोर’ र दरबार हत्याकाण्डका ‘मास्टरमाइन्ड’ भएको प्रचण्डको आरोप (भिडियोसहित)
-
पुटिनले अमेरिकी विशेष दूतसँग भेटे, ट्रम्पसँग चाँडै वार्ता हुने
-
भारतसँग गरेको सहमति स्वीकृत नहुँदा लोडसेडिङको खतरा !
-
केबलकार विवाद : फागुनमा पाथीभराबाट सङ्कलन हुने भेटी घट्यो
-
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
-
विदेशी लगानीमा उत्साह, एकै महिना पौने १८ अर्बको लगानी स्वीकृत