शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईपीएल : अक्षर  पटेल बने दिल्लीका नयाँ कप्तान

शुक्रबार, ०१ चैत २०८१, १२ : ०२
शुक्रबार, ०१ चैत २०८१

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले नयाँ सिजनका लागि कप्तान घोषणा गरेको छ । टोलीले स्टार अलराउन्डर अक्षर पटेललाई नयाँ कप्तान बनाएको हो । उनी गत सिजन टोलीका उपकप्तान रहेका थिए ।

अक्षर सन् २०१९ देखि दिल्लीबाट खेलिरहेका छन् । अक्षरलाई मेगा अक्सनमा १६.५ करोड भारतीय रुपैयाँमा दिल्लीले रिटेन गरेको थियो । 

उनले हालसम्म १५० खेलमा २१.४७ को औसत र १३०.८८ को स्ट्राइक रेटले १ हजार ६५३ रन बनाएका छन् । यसमा ३ अर्धशतक सामेल छ ।

बलरका रूपमा उनले ७.२८ को इकोनोमी रेटसहित १२३ विकेट लिएका छन् । यसमा २१ रन खर्चेर ४ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । यसै वर्ष घरेलु मैदानमा इंग्ल्याण्डलाई टी–२० शृङ्खलामा ४–१ हराउँदा उनी भारतीय टोलीका उपकप्तान थिए ।

दिल्लीले आफ्नो पहिलो खेल मार्च २४ मा विशाखापटनममा लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल्नेछ । टोलीले रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्ससँगै एक पनि आईपील उपाधि जित्न सकेको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?