भारतले रेल ‘हाइज्याक’ गरेको पाकिस्तानी आरोपमा यसो भन्छ भारतको विदेश मन्त्रालय

नयाँ दिल्ली । पाकिस्तानमा जाफर एक्सप्रेस अपहरणको घटनामा पाकिस्तानले लगाएको आरोपमा भारतले जवाफ दिएको छ । आफ्नो देशमा भइरहेका आतङ्कवादी हमलाहरूमा भारतको हात रहेको विश्वास आफूले ठानेको पाकिस्तानले बताएको थियो ।
यस विषयमा भारतीय विदेश मन्त्रालयले पाकिस्तानले लगाएको आधारहीन आरोपलाई कडाइका साथ अस्वीकार गरेको भनेको छ । मंगलबार, जाफर एक्सप्रेसलाई बलुच लिबरेशन आर्मीले अपहरण गरेको थियो ।
बिहीबार एक पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले रेल अपहरण प्रकरणमा अफगानिस्तानबाट गरिएका फोन कलहरूको प्रमाण प्रस्तुत गरेका थिए । यस क्रममा आतङ्कवादी हमलाको मामिलामा पाकिस्तानको शंका भारतबाट अफगानिस्तानतिर सरेको छ ? भनेर उनलाई सोधिएको थियो ।
जवाफमा उनले ‘त्यस्तो केही होइन’ भनेका थिए । पाकिस्तानमा भइरहेका आतङ्कवादी हमलाहरूमा भारतको हात रहेको पाकिस्तानले विश्वास गर्ने उनले बताएका थिए ।
यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यी आरोपहरूको जवाफ दिएका छन् । ‘हामी पाकिस्तानले लगाएको आधारहीन आरोपलाई दृढतापूर्वक अस्वीकार गर्छौ ।’ भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै जयसवालले भनेका थिए ।
विश्वव्यापी आतंकवादको केन्द्रबिन्दु कहाँ छ भन्ने कुरा सारा संसारलाई थाहा भएको पनि उनले बताएका थिए । ‘पाकिस्तानले आफ्नो आन्तरिक समस्या र असफलताको लागि औँला उठाउनु र अरूलाई दोष दिनुको सट्टा आफैंभित्र नियालेर हेर्नुपर्छ ।’ जयसवालले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा विक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत