गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ (एनजीओ फेडेरेसन) नेपालको अध्यक्षमा अर्जुनकुमार भट्टराई निर्वाचित भएका छन् । महासङ्घको ११ औँ महाधिवेशनले भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समिति सर्वसम्मतिले निर्वाचित गरेको हो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा साथै कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन्। केन्द्रीय कार्यसमितिमा ५१ जना रहने व्यवस्था छ। बाँकी ३ जना सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।
फागुन २५ देखि २७ गतेसम्म भएको राष्ट्रिय नागरिक सम्मेलन, ३० औँ वार्षिक साधारणसभा र ११ औँ महाधिवेशनमा गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिहरूको सहभागिता थियो । राष्ट्रिय नागरिक सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
यस अवसरमा विभिन्न विषयगत सत्र र कार्यशालाहरूको पनि आयोजना गरिएको थियो । जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । अति कम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको छ ।
प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्थाहरू र सामाजिक अभियानको दिगोपना र त्यसका लागि आवश्यक पर्ने नीति र कार्य वातावरणको लागि अनुरोध गरिएको छ ।
विभिन्न विषयगत कार्यशाला र राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षका रूपमा काठमाडौँ घोषणापत्र जारी गर्ने तयारी भएको महासङ्घका उपमहासचिव किरण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक