शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

जनकपुरमा बस दुर्घटना, २० जना घाइते

शुक्रबार, ०१ चैत २०८१, ११ : ४१
शुक्रबार, ०१ चैत २०८१

जनकपुर । जनकपुरमा बस दुर्घटना हुँदा करिब दुई दर्जन यात्रु घाइते भएका छन् । शुक्रबार जनकपुरधामबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको यात्रुबाहक बस धनुषाधाम नगरपालिकाको मालटोल चोकमा दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका हुन् । 

बस बिसौनीमा रोक्ने क्रममा दुर्घटना भएको ढल्केवर प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादवले बताए । उनका अनुसार बसमा करिब ३०÷३५ जना यात्रुहरु थिए । बस बिसौनीमा रोक्न खोज्दा बे्रकले काम नगरेर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । 

घाइतेहरुलाई ६ वटा एम्बुलेन्स र प्रहरी भ्यानमा राखेर उपचारका लागि विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्थाको बारेमा यथेष्ट विवरण लिने काम भइरहेको जनकपुर प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप