आजबाट २६ औँ फ्लोरा एक्स्पो

काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आजबाट काठमाडौँमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरेको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि चार दिनसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औँ फ्लोरा एक्स्पोको आयोजना गरिएको हो ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरीय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिने बताइएको छ । त्यस्तै मेलामा आलङ्कारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउ बिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायतको ८२ वटा प्रदर्शनी तथा बिक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए ।
हाल देशका ५२ जिल्लामा करिब २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । गत आर्थिक वर्षमा पुष्प तथा पुष्पजन्य बस्तुजन्य बस्तुको वार्षिक निर्यात कारोबार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोबार रु २७ करोड ७९ लाख रहेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
-
५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे
-
आज कति पुग्यो डलरको मूल्य ?
-
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : देशभर तापक्रम बढ्दै, केही स्थानमा वर्षा