सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

म्याथ्युजको अलराउन्ड प्रदर्शनसँगै मुम्बई फाइनलमा

शुक्रबार, ०१ चैत २०८१, १० : ३६
शुक्रबार, ०१ चैत २०८१

मुम्बई । एलिमिनेटरमा गुजरात जायन्ट्सलाई पाखा लगाउँदै मुम्बई इन्डियन्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब शनिबार हुने फाइनल खेलमा टोलीले दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।

बिहीबार राति भएको खेलमा मुम्बई ४७ रनले विजयी बन्यो । मुम्बईले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि ड्यानियल गिब्सनले सर्वाधिक ३४ रनको इनिङ्स खेलिन् । फोबी लिचफिल्डले ३१ रन तथा भारती फूलमालीले ३० रन जोडे । खेलको अन्त्यतिर शिमरन शेखले १७ रन तथा तनुजा कँवरले १६ रन बनाइन् ।

मुम्बईका लागि खेलमा अलराउन्ड प्रदर्शन गरेकी हेली म्याथ्युजले ३.२ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिइन् । अमेलिया करले २ विकेट तथा शबनम इस्माइल र नाट स्काइभर ब्रन्टले १–१ विकेट लिए ।

यसअघि, म्याथ्युज र ब्रन्टको अर्धशतकीय इनिङ्सको मद्दतले मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १३ रन जोडेको थियो । दुवै खेलाडीले समान ७७–७७ रन जोडे ।

कप्तान हरमनप्रित कौरले ३६ रन तथा ओपनर यास्तिका बाटियाले १५ रन बनाइन् । गुजरातका लागि ड्यानियल गिब्सनले २ विकेट तथा काश्वी गौतमले १ विकेट हात पारिन् ।

मुम्बई महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । सन् २०२३ मा टोलीले दिल्लीलाई हराउँदै उपाधि जितेको थियो । 

दिल्ली भने लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि दुईपटक टोली उपविजेतामा सीमित बनेको थियो ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप