कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब
शुक्रबार, ०१ चैत २०८१, १० : ०९

इस्लामावाद । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान आफ्नो एक पाङ्ग्राविना नै सकुशल अवतरण गर्न सफल भएको छ ।
कराँचीबाट लाहोरका लागि उडेको विमानमा एउटा पाङ्ग्रा नै नभएको पाइएको हो । यद्यपि उक्त विमान लाहोर विमानस्थलमा सकुशल अवतरण भएको थियो ।
फ्लाइट नम्बर पीके ३०६ को विमान बिहीबार अवतरण भइसकेपछि मात्र एउटा पाङ्ग्रा नै नभएको पाइएको थियो । उक्त विमान कराँचीबाट उडान भर्दा सबै पाङ्ग्रा रहेको बताइएको छ ।
एउटा पाङ्ग्रा कता हरायो भन्नेबारे खुल्न सकेको छैन । अधिकारीहरूका अनुसार पाङ्ग्राको एउटा सानो हिस्सा भने कराँची विमानस्थलको धावनमार्गमा फेला परेको छ ।
पीआईएले यसबारे छानबिन भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा