बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)

शुक्रबार, ०१ चैत २०८१, २२ : ०१
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान भएको शिक्षा मन्त्रालयले जनाएको छ । 

जसअनुसार २०७१ वैशाख १ देखि २०७२ चैत ३० गतेसम्म जन्म भई कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका लक्षित छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुल अध्ययनको अवसर पाउनेछन् । 

जसका लागि  चैत २६ र २७ गते तोकिएको परीक्षा केन्द्रमा फाराम बुझाउनुपर्नेछ । सूचनाअनुसार बुढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ रहेको छ  ।

यसैगरी साझेदारी कार्यक्रम अन्तर्गतका थप साझेदारी स्कुलका निमित्त समेत जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् । 

सूचना हेर्नुहोस्ः

ddr

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप