शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

फिल्म 'द्रौपदी'ले कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ : निर्देशक आचार्य

शुक्रबार, ०१ चैत २०८१, ०९ : १५
शुक्रबार, ०१ चैत २०८१

दाङ ।  कर्णालीको अवस्था चित्रण गर्न महाभारतका एक महत्त्वपूर्ण पात्र द्रौपदीको जीवन र सङ्घर्षलाई आधार बनाएर बनेको फिल्म 'द्रौपदी' आगामी चैत्र ८ बाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।

चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चलचित्रका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म द्रौपदीले कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको बताए । 

'डोल्पाको शे फाेक्सुन्डाे ताल लगायतका कर्णालीका आकर्षक लोकेसनमा छायाङ्कन गरिएको फिल्मले महिला संवेदनाको कथावस्तुका अलवा कर्णालीको मौलिक र विशिष्ट कथावस्तुलाई उठान गरेको छ',निर्देशक आचार्यले भने  'फिल्मको माध्यमबाट कर्णालीलाई चिनाउने र कर्णालीको सुन्दरता विश्व बजारले हेर्न छ । नेपाली फिल्म प्रति दर्शकको माया र चासोलाई यसले निराश तुल्याउँदैन ।'

लामो समयको अध्ययन र अनुसन्धानपछि फिल्म बनेको आचार्यले सुनाए । कार्यक्रममा फिल्मका निर्माता तथा अभिनेता प्रकाश ज्ञवालीले ‘द्रौपदी’ कर्णालीको दुर्गम भेगको कला, संस्कृति, भाषा, परम्परा तथा त्यहाँको जनजीवनको पीडालाई उजागर गर्ने कथामा आधारित रहेको बताए। 'फिल्ममा नयाँ अनुहार मात्र नभई, बलियो सामाजिक सन्देश बोकेको कथावस्तु समेटिएको छ' ज्ञवालीले भने 'फिल्मले विशेष गरी कर्णालीको मौलिकतामा केन्द्रित रही त्यहाँको वास्तविकता चित्रण गर्ने प्रयास गरेको छ ।' 

चलचित्र पत्रकार सङ्घ नेपाल, दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता तथा गायक रवि ओडले संगीतसँगसँगै अभिनयलाई पनि आफूले अगाडि बढाएको र द्रौपदीबाट नेपाली फिल्म इन्डस्ट्रीमा इन्ट्री गरेको बताए । वडले आफूले कर्णालीकै एक पात्रको भूमिका निर्वाह गरेको सुनाए । उनले थपे 'फिल्मबाट पनि आम दर्शकको माया पाउने विश्वास व्यक्त गरे। चलचित्रको शीर्ष गीत कर्णाली काटौलालाई जसरी दर्शकहरूले माया गरी दिनुभएकाे फिल्मलाई पनि माया गर्नुहुनेछ भन्ने विश्वास छ।' 

कार्यक्रममा फिल्मका अभिनेत्रीहरू सुजता तिमिल्सीना, अश्विनि शाही लगायतकाले फिल्मकाे विषयमा बताए । कार्यक्रममा चलचित्र पत्रकार सङ्घ नेपाल लुम्बिनी प्रदेश संयोजक शिव पुन, शरद रेग्मी लगायतका ब्याक्तिकाे सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?