शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध २२ गतेसम्म खर्च भावमा, २२ गतेबाट २५ गतेसम्म लाभ भावमा र पुनः खर्च भावमा । शुक्र ८ गतेसम्म खर्च भावमा र ९ गतेबाट लाभ भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र आए भावमा, मङ्गल २४ गतेसम्म पराक्रम भावमा र २५ गतेबाट सुख भावमा । राहु खर्च भावमा र केतु प्रतिस्पर्धा भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने राहु र सूर्यको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । राज्यको नजिक रही कामगर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । महिनाको अन्ततिर सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तर पनि अन्य ग्रहको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । धन भावमा गोचर गर्ने बृहस्पतिको अनुकूल गोचरका कारण स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । लाभ भावमा शनिको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा विकास बजेट खर्च गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध २२ गतेसम्म लाभ भावमा, २२ गतेबाट २५ गतेसम्म कर्म भावमा र पुनः लाभ भावमा । शुक्र ८ गतेसम्म लाभ भावमा र ९ गतेबाट कर्म भावमा । बृहस्पति र शनि क्रमशः राशिमा र कर्म भावमा, मङ्गल २४ गतेसम्म धन  भावमा र २५ गतेबाट पराक्रम भावमा । राहु लाभ भावमा र केतु सन्तान भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा यो महिना वृष राशि हुनेहरूका समय उत्तम रहेको छ । नोकरीमा प्रवेश पार्ईने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी राज्यबाट पद प्राप्तिको योग रहेको छ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बृहस्पति, बुध तथा राहुको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । कर्म भावमा शनिको शुभ गोचरका कारण सवारी साधनको मर्मत तथा खरिद बिक्री गर्नेहरूका लागी समय शुभ रहनेछ ।

भाग्यले साथ दिने हुनाले सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागि सूर्य राज्य भावमा । बुध २२ गतेसम्म राज्य भावमा, २२ गतेबाट २५ गतेसम्म भाग्य भावमा र पुनः राज्य भावमा । शुक्र ८ गतेसम्म कर्म भावमा र ९ गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र भाग्य भावमा, मङ्गल २४ गतेसम्म राशिमा र २५ गतेबाट धन भावमा । राहु राज्य भावमा र केतु सुख भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन वा विश्लेषण गर्दा राज्य भावमा गोचर गर्ने सूर्यको शुभ प्रभावले नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ । प्रशासनिक तथा सरकारी क्षेत्रमा हुनुहुन्छ भने तपाईँकै वर्चस्व रहनेछ । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाइने हुँदा मन प्रसन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाका व्यापार महिनाभर नै उल्लेख्य मात्रामा वृद्धि हुनेछ । अनलाइन व्यापार  तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको भरपुर प्रयोग गर्न पाइनेछ ।  शुभ तथा माङ्गलिक काम वा भौतिक सम्पत्ति जोड्ने सवालमा ठुलो धन राशि खर्च हुनेछ ।  

विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरूले आफ्नो प्रतिस्पर्धी हरूलाई हराउँदै अग्र स्थानमा तपाईँको नाम आउनेछ  । प्रेममा थप सामीप्य बढ्ने वा प्रेम सम्बन्धलाई विवाह गरी घरजम गर्ने सहमति प्राप्त हुनेछ । कर्म भाव र भाग्य भावमा महिनाभरै गोचर गर्ने बुधको प्रभावले लेखन कला तथा बाणिमा सुधार गर्दै उन्नतिका पाइला अगाडी बढाउन सकिनेछ । प्रविधि वा सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

अग्रज वा दिग्गज व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । काम वा अध्ययनको शिललिलामा लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ । फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा रुपैयाँ पैसा खर्च गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तर पनि तेस्रो सातासम्म मङ्गलको गोचर धन भावमा रहने हुनाले रुपैयाँ पैसा सापटी वा लोनको रूपमा आफन्त तथा कुटुम्बलाई नदिनुहोला । सुख भावमा केतुको गोचरले सवारी साधनको प्रयोग गर्दा वा घरजग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  कर्कट राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध २२ गतेसम्म भाग्य भावमा, २२ गतेबाट २५ गतेसम्म कष्ट भावमा र पुनः भाग्य भावमा । शुक्र ८ गतेसम्म भाग्य भावमा र ९ गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र कष्ट भावमा, मङ्गल २४ गतेसम्म खर्च र २५ गतेबाट राशिमा । राहु भाग्य भावमा र केतु पराक्रम भावमा गोचर गरिहरेका छन् ।

महिनाभर नै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । महिनाको तेस्रो सातासम्म खर्च भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।  

तर पनि सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागि समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । ठुलाबडा तथा विशिष्ट व्याक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पनि आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध २२ गतेसम्म कष्ट भावमा, २२ गतेबाट २५ गतेसम्म व्यापार भावमा र पुनः कष्ट भावमा । शुक्र ८ गतेसम्म कष्ट र ९ गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र व्यापार भावमा, मङ्गल २४ गतेसम्म आए र २५ गतेबाट खर्च भावमा । राहु कष्ट भावमा र केतु धन भावमा गोचर गरिहरेका छन् ।

सिंह राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । महिनाको तेस्रो साताबाट खर्च भावमा मङ्गलको गोचरको कारण शरीरमा घाउ, चोट लाग्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।  काम वा अध्ययनमा बाधा पुर्याउनेहरु सक्रिय हुनेछन् । आफन्त तथा शुभचिन्तकहरूको सल्लाह तथा सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पतिपत्नी बिचको सम्बन्धमा दरार पैदा हुनेछ । रुपैयाँ पैसा फस्न सक्छ ध्यान दिनुहोला ।

तर पनि बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । 

 कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या  राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध २२ गतेसम्म व्यापार भावमा, २२ गतेबाट २५ गतेसम्म प्रतिस्पर्धा भावमा र पुनः व्यापार भावमा । शुक्र ८ गतेसम्म व्यापार भावमा र ९ गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र प्रतिस्पर्धा भावमा, मङ्गल २४ गतेसम्म राज्य र २५ गतेबाट लाभ भावमा । राहु व्यापार भावमा र केतु राशिमा गोचर गरिहरेका छन् ।

यो महिना बुध,शुक्र, मङ्गल र बृहस्पति र शनिको अनुकूल गोचरको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त  सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ । कन्स्ट्रक्सन तथा सवारी साधनको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । लामो  सयमदखिको किचलो वा मुद्दाबाट छुटकारा पाइनेछ । धार्मिक क्षेत्रको भ्रमण हुने तथा  धर्म संस्कृतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

तरपनि व्यापार भावमा गोचर गर्ने सूर्यले घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमनस्यता पैदा हुनेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दिर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागि समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध २२ गतेसम्म प्रतिस्पर्धा भावमा, २२ गतेबाट २५ गतेसम्म सन्तान भावमा र पुनः प्रतिस्पर्धा भावमा । शुक्र ८ गतेसम्म प्रतिस्पर्धा भावमा र ९ गतेबाट विद्या भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र विद्या भावमा, मङ्गल २४ गतेसम्म भाग्य भावमा र २५ गतेबाट कर्म भावमा । राहु प्रतिस्पर्धा भावमा र केतु खर्च भावमा गोचर गरिहरेका छन् ।

तुला राशि भएका व्याक्तिहरुका लागि यो महिना मध्यम फल प्राप्त हुनेछ रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । खेलाडी तथा पराक्रमी क्रियाकलाप समय लगानी गर्नेहरूले प्रशस्त धन तथा सम्पत्ति सङ्ग्रह गर्नेछन् । मुद्दा मामिला तथा न्यायबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । ठेक्कापट्टा, कन्स्ट्रक्सन, निर्माण सामाग्री, औषधीजन्य सामान तथा अटोपार्टसको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । मंगलको शुभ प्रभावले सुरक्षा संयन्त्रको क्षेत्रमा जागिर पाइने वा बढुवा हुने योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

र, पनि कष्ट भावमा बृहस्पतिको गोचरले काम  वा व्यवसायमा ठुलो रकम फस्न सक्छ । ऋण, रोग, तथा शत्रुको सामना गर्नुपर्ने तथा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार बढ्न सक्छ  । रुपैयाँ वा पैसा चोरी हुने प्रबल सम्भावना रहेको छ । कठोर वाणीको कारण आफन्त तथा कुटुम्बहरू टाढिन सक्छन् । सन्तानसँग सामान्य मतभेद रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य सन्तान भावमा । बुध २२ गतेसम्म विद्या भावमा, २२ गतेबाट २५ गतेसम्म सुख भावमा र पुनः विद्या भावमा । शुक्र ८ गतेसम्म विद्या भावमा र ९ गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र सुख भावमा, मङ्गल २४ गतेसम्म कष्ट भावमा र २५ गतेबाट भाग्य भावमा । राहु विद्या भावमा र केतु आए भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना वृश्चिक राशि हुनेहरूका लागी मिश्रित समय रहेको छ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्य र राहुको को प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिएपनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । महिनाभर अडैया शनिको प्रभावले सवारी साधन र निर्माण सामाग्रीको प्रयोग गर्दा ध्यान दिनुहोला । घरजग्गा सम्बन्धी विवाद सिर्जना हुनेछ । दिर्घरोगि जस्तै सुगर,प्रेसर र मुटु सम्बन्धी समस्या भएकाहरूले ख्याल गर्नुहोला । अडैया शनिको नकारात्मक प्रभावबाट बच्नको लागी शनिबार विष्णु भगवानको दर्शन तथा शनि मन्दिरमा गएर शनिदेवको दर्शन गर्नुहोला । कष्टभावमा मंगलको अशुभ गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भए रहनेछ ।

तरपनि महिनाभर नै बुध, शुक्र तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्ययमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । उपहार तथा चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।

सञ्चार जगत्, स्टक एक्चञ्ज,  व्यापार, साहित्य र चलचित्र क्षेत्रमा काम गर्नेहरूका लागि यो महिना उत्तम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध २२ गतेसम्म सुख भावमा, २२ गतेबाट २५ गतेसम्म पराक्रम भावमा र पुनह सुख भावमा । शुक्र ८ गतेसम्म सुख भावमा र ९ गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र पराक्रम भावमा, मङ्गल २४ गतेसम्म व्यापार भावमा र २५ गतेबाट कष्ट भावमा । राहु सुख भावमा र केतु राज्य भावमा गोचर गरिहरेका छन् ।

सुख भावमा महिनाभर सूर्य र राहुको प्रतिकुल प्रभावले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागि समय मध्ययम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । सवारी साधनमा बारम्बार आउने समस्याले दिग्दार बनाउनेछ । त्यस्तै महिनाको अन्तमा कष्ट भावमा मङ्गलको प्रतिकुल गोचरको कारण शरीरमा चोटपटक तथा यात्रा गर्दा दुर्घटना हुने प्रवल सम्भावना रहेको छ ध्यान दिनुहोला ।

तर पनि बुध, शुक्र, शनिको अनुकूल प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । निर्माण सामाग्री, अटो पार्टस् तथा कन्ट्रक्सनको क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला हुनेछन् । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।  परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध २२ गतेसम्म पराक्रम भावमा, २२ गतेबाट २५ गतेसम्म धन भावमा र पुनह पराक्रम भावमा । शुक्र ८ गतेसम्म पराक्रम भावमा र ९ गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः विद्या भावमा र धन भावमा, मङ्गल २४ गतेसम्म प्रतिस्पर्धा भावमा र २५ गतेबाट व्यापार भावमा । राहु पराक्रम भावमा र केतु भाग्य भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीमा सन्तोषजनक नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । ठेक्कापट्टा, प्राकृतिक स्रोत साधनको प्रयोग, निर्माण सामाग्री, सवारी साधनको खरिद बिक्री, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागि महिना फलदायी रहनेछ ।

अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागि यात्राको गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मि तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । साहसी क्रियाकलाप भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागि समय फलदायी रहनेछ ।

तर पनि शनिको अन्त्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध २२ गतेसम्म धन भावमा, २२ गतेबाट २५ गतेसम्म राशिमा र पुनह धन भावमा । शुक्र ८ गतेसम्म धन भावमा र ९ गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र राशिमा, मङ्गल २४ गतेसम्म विद्या भावमा र २५ गतेबाट प्रतिस्पर्धा भावमा । राहु धन भावमा र केतु कष्ट भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्य र राहुको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । टाउको, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । महिना भरिनै शनिको मध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

तर पनि शुक्र, बुध, र बृहस्पतिको अनुकूल प्रभावले न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधिस, पत्रकार, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।  प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्टस पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध २२ गतेसम्म राशिमा, २२ गतेबाट २५ गतेसम्म खर्च भावमा र पुनह राशिमा । शुक्र ८ गतेसम्म राशिमा र ९ गतेबाट खर्च भावमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र खर्च भावमा, मङ्गल २४ गतेसम्म सुख भावामा र २५ गतेबाट विद्या भावमा । राहु राशिमा र केतु व्यापार भावमा गोचर गरिहरेका छन् ।

माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना मीन राशि हुनेहरूका लागी समय मध्यम रहेको छ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । आफन्त तथा अग्रज हरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । कामहरू समयमा सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । शनिको आद्य साढेसातीको प्रभाव महिनाभर नै रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी स्वास्थ्यमा विशेष गरी उच्च रक्तचाप, टाउको दुखाई, कोलस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राहुको प्रतिकुल प्रभावका कारण आम्दानी र खर्चको अनुपात मिलाउन नसक्दा दैनिकी प्रभावित हुनेछ ।

तर पनि बुध,शुक्र, बृहस्पति, र केतुको अनुकूल प्रभावले प्रभावले परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन  सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?