शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल

शुक्रबार, ०१ चैत २०८१, ०६ : ०२
शुक्रबार, ०१ चैत २०८१

आज विक्रम संवत २०८१ साल चैत्र १ गते, शुक्रबार । ईश्वी सन् २०२५ मार्च १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–पूर्णिमा, १३ घडी ३७ पला, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तराफाल्गुनी, अहोरात्र । योग–शूल, १७ घडी १४ पला, दिउसो १ बजेर १० मिनेट उप्रान्त गण्ड । करण–बव, बिहान ११ बजेर ४४ मिनेट उप्रान्त बालव, रातको १२ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–सिंह, मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ११ मिनेट । दिनमान २९ घडी ४५ पला ।

आजको बार बेला 
बिहान ०६ बजेर १७ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर १८ मिनेटदेखि बिहान ७ बजेर ४६ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर ४७ मिनेटदेखि बिहान ९ बजेर १५ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर १६ मिनेटदेखि बिहान १० बजेर ४५ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ४६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म  शुभ बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर १३ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो ४  बजेर १४ मिनेटदेखि बेलुकी ४ बजेर ४२ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ४३ मिनेटदेखि बेलुकी ७ बजेर ४२ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान १० बजेर ४४ मिनेटदेखि दिउँसो १२ बजेर १३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ४२ मिनेटदेखि बिहान ५ बजेर ३० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चुु,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकाले माया प्रेममा सामिप्यता बढेर जानेछ । वंश वृद्धिको योग रहेकोछ भने सन्तानको प्रगति देखेर मन प्रशन्न हुनेछ । अध्ययनमा सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ । मध्यान्हबाट जीवन शैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) बिहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले चाडपर्व लक्षित सामानको व्यापारमा लगानी वढाई मनग्गे लाभ लिन सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । साथीभाइ तथा आफन्तका साथ मनोरञ्जन गर्दै दिनलाई रंगीन बनाउन सकिनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिश्पर्धीहरु परास्त हुनेछन् । काम वा अध्ययनबाट बिश्राम पाइनेछ । यात्रा तथा मनोरञ्जनमा रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यव्हार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) बिहानको समय राम्रो रहेकाले गीत संगीतको क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिनेछ । होटल तथा रेष्टुरेन्ट पेशा व्यवसायबाट आम्दानीलाई दोब्बर बनाउन सकिनेछ ।  परिवारका साथ रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनु होला तपाईंको पक्षमा निर्णय नआउन सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढेर नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्ने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) बिहानको समय उत्तम रहेकाले चाडबाड लक्षित सामानको व्यापारबाट आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । परिवार तथा साथीभाइका साथ रमाइलो गर्दै समय व्यतित हुनेछ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेकोछ । विशिष्ट व्यक्तिहरुको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईंलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ । साथीसँग तथा परिवारका साथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भि,भु, ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रामा सहभागी हुन सकिनेछ । शैक्षिक वा कर्म प्राप्तिको लागि लामो दुरीको यात्राको योग रहेकोछ । चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । समयले साथ दिने हुनाले परिवारमा साथ मिष्ठान भोजन, रमाइलो यात्रा तथा भेटघाटमा समय बित्नेछ । मध्यान्हबाट स्वास्थ्य  सम्बन्धी समस्या आई दैनिकी प्रभावित हुनेछ । यात्रा गर्दा वा  सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । खानपान, मनोरञ्जनमा समय व्यतित हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) बिहानको समय राम्रो रहेकाले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापारकै सवालमा यात्रा हुनेछ । पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ । मनोरञ्जनमा समय व्यतित हुनेछ । मध्यान्हबाट आफन्त तथा चेली माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच दाम्पत्य जीवनमा खटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यपारकै शिलशिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने विपरीत लिङगप्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ । परिवार तथा साथीभाइकासाथ रमाइलो गर्दै समय व्यतित गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप

छुटाउनुभयो कि ?