१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. तारकेश्वर जग्गा विवाद
काठमाडौँको तारकेश्वर जग्गा विवादको विषय यतिबेला चर्चामा छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा सांसदले यो विषय उठाएपछि हंगामा भएको थियो । सांसदले नाम नलिइ ‘कांग्रेस नेता’ भनेका व्यक्ति थिए डा केदारनरसिंह केसी । डा. केसी नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् । डा केसी आफैँ पनि नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष र विभिन्न अस्पतालको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । यसबारे रातोपाटीले बिहीबार विस्तृतमा समाचार लेखेको छ ।
२. सहकारी ठगी प्रकरण
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलले आदेश दिएको छ। आज उच्च अदालत बुटवल तुलसीपुरको १ नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टले लामिछाने र जोशीको मुद्दा सँगसँगै राख्न आदेश दिएका हुन् ।
३. विद्याको सक्रियता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चैत महिनाभित्र तीन प्रदेशका विभिन्न जिल्ला भ्रमणमा निस्कने भएकी छन् । एमालेको सक्रिय राजनीतिमा फर्कन ‘वामअर्प’ गरेकी भण्डारीले यसअघि गण्डकी र कोशी प्रदेशका विभिन्न जिल्लाहरू पुगेर एमाले नेता कार्यकर्तासँग भेटघाट र संवाद गरेकी थिइन् ।
४. होली
फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ । हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ ।
५. विवादास्पद कार्यक्रममा सांसद
गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी पक्षको एक विवादास्पद कार्यक्रममा माओवादी केन्द्रका एक जना सांसद थाइल्यान्ड र कम्बोडिया जाने तय भएको छ । थाइल्यान्ड र कम्बोडियामा तय भएको कार्यक्रममा सहभागी हुन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ जाने तय भएको हो । पार्टीमा समेत समन्वय नगरी उनी त्यहाँ जान लागेको स्रोतको भनाइ छ ।
६. समाजवादी मोर्चाको बैठक भोलि
विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि ९शुक्रवार० बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
७. अध्यक्ष दोषी ठहर
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ। लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो ।
८. दिल्लीमा राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँ दिल्ली पुगेकी हुन् ।
९. ईभीमा मापदण्ड
नेपालमा जथाभाबी रूपमा विद्युतीय सवारी साधन आयात हुन थालेको भन्दै सरकार नयाँ मापदण्ड बनाउने तयारीमा लागेको छ । विद्युतीय सवारी साधन आयात गरी बिक्री वितरण गर्ने अधिकांश कम्पनीको सर्भिस, चार्जिङ स्टेसन, पाट्र्स उपलब्ध नभएका र नेपाली बाटोअनकूल नभएका सवारी साधनलाई मापदण्डले रोक्ने छ ।
१०. नयाँ ब्याजदर
चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।
११. विद्यार्थी सङ्गठनहरूको आपत्ति
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघले तालाबन्दी गरेकोप्रति दुई विद्यार्थी सङ्गठनहरूले आपत्ति जनाएका छन्। नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।
१२. कूटनीतिज्ञलाई पत्राचार
तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा ‘मिसेस नेपाल अष्ट्रेलियामा’ हुने
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य