वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए ।
‘इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देश गरिएको छ’, उनले भने, ‘अनुगमनका क्रममा अधिकांश मासु पसलले मूल्यसूची नराखेको भेट्टियो । केही मासु पसलका कारण वरिपरिको वातावरण प्रदूषित भएको पाइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार