क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान

काठमाडौँ । होली पर्वको अवसरमा एनटिटी डोकोमो, कलरबाथ जापान र आइजिसी विजनेस होल्डिङले ठमेल पर्यटन विकास बोर्डको समन्वयमा ठमेलमा आज सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम क्लिन हिरो प्रोजेक्टका रूपमा, संयुक्त राष्ट्र सङ्घका दिगो विकास लक्ष्यसँग जोडिएर नेपालमा राम्रो फोहर व्यवस्थापन र पर्यावरणीय स्थिरता प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
कार्यक्रममा आयोजक कम्पनीका प्रतिनिधिले सिस्डोल फोहर फाल्ने ठाउँको भ्रमण गरी कुहिने र नकुहिने फोहर छुट्याउनुको महत्वबारे जानकारी गराएका थिए । उनीहरूले यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक कदम चाल्न जोड दिएका छन् ।
सो परियोजनाले फोहर छुट्याउने, प्रशोधन र पर्यावरण संरक्षणको महत्वबारे जागरूकता फैलाउने मुख्य उद्देश्य राखेको छ । कार्यक्रममा स्थानीय बासिन्दा, पर्यटक र कम्पनीका प्रतिनिधिहले सहभागिता जनाएका थिए ।
सफा अभियानको साथै आयोजक कम्पनीहरूले फोहर छुट्याउने र रिसाइक्लिङ प्रोत्साहन गर्ने मोबाइल एप्लिकेशन विकास गर्दै छन् । अहिले नमूनाको चरणमा रहेको एपमा घरधुरी, होटल, रेस्टुरेण्टलगायतलाई फोहर सङ्ग्रह कम्पनीसँग जोड्ने छ । जसले गर्दा फोहर व्यवस्थापन सजिलो र प्रभावकारी हुनेछ । यो नवीन समाधानले नेपालको फोहर व्यवस्थापन चुनौती समाधान गर्न र प्रशोधन संस्कृति प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
क्लिन हिरो आयोजनाले नेपाललाई सफा र हरियाली बनाउने उद्देश्य लिएको छ । उनीहरूको प्रयास जिम्मेवारीपूर्वक उपभोग र उत्पादन, सहर, समुदाय र जलवायुसँग सम्बन्धित वैश्विक लक्ष्यसँग जोडिएका छन् ।
आयोजकहरूले ठमेल पर्यटन विकास बोर्डका अध्यक्ष धु्रव अधिकारी, उपाध्यक्ष कृष्ण थपलिया र उनीहरूको टोलीलाई सहकार्यका लागि धन्यवाद दिए । आयोजकले क्लिन हिरो प्रोजेक्टलाई नेपालका अन्य क्षेत्रमा विस्तार गर्ने र फोहर व्यवस्थापन एप्लिकेशनलाई अन्तिम रूप दिने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार