लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’मा राजेश हमालको स्ट्यान्ड अप कमेडी

लन्डन । माया इभेन्ट्स बेलायतको आयोजनामा आउँदो २७ अप्रिल आइतबार साँझ लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रम गरिने भएको छ ।
कार्यक्रम भेन्यू ह्यारो लिजर सेन्टरमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक माया इभेन्ट्सले कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।
आयोजकका अनुसार लन्डनको ह्यारो लिजर सेन्टरमा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ लाइभ इन लन्डनको लागि महानायक राजेश हमाल र मिस्टर ह्याप्पी उपनामले परिचित लोकप्रिय हाँस्यकलाकार सन्दीप क्षेत्री आउने भएका छन् ।
सोही कार्यक्रममा नेपालका चर्चित गायक नवीन के भट्टराई पहिलो पटक अतृप्त ब्यान्डसहित लाइभ ‘परफर्म’ गर्ने आयोजक माया इभेन्ट्सकी रक्षा थापाले बताइन् ।
बेलायतको व्यस्त जीवनलाई एकै छिन भएपनि हाँसो खुसी दिलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले जनाइन् । ‘कार्यक्रम कुनै व्यावसायिक उद्देश्यले नगरी विशुद्ध मनोरञ्जन दिलाउने चाहना रहेकोले विद्यार्थी तथा समूहमा टिकट काट्नेहरूको लागि छुटको व्यवस्था गरिएको छ,’ थापाले भनिन् ।
एक हजार आठ सय दर्शक क्षमता भएको उक्त हलमा आयोजना हुन गइरहेको कार्यक्रममा कमेडी, कन्सर्ट तथा खानपिनको समेत प्रबन्ध भएको हुँदा उक्त दिनलाई ‘वेस्ट सन्डे नाइट’ बनाउन सबै बेलायतवासीलाई उपस्थित हुन् थापाको आग्रह छ ।
इभेन्ट प्रोजेक्ट म्यानेजर भूपेन्द्र विष्टले कार्यक्रमको कन्सेप्टबारेमा जानकारी गराए ।पछिल्लो पुस्ताका युवा वर्गलाई पनि ९० को दशकका कलाकारसँग परिचित गराउने उद्देश्य रहेको बताए । सुरुको दुई घण्टा राजेश हमाल र सन्दीप क्षेत्रीको कमेडी प्रस्तुत हुने र बाँकी समय करिब दुई घण्टा गायक नवीन के भट्टराईले आफ्नो ब्यान्डका साथ् साङ्गीतिक प्रस्तुति दिने विष्टले जनाए ।
भिआइपी टिकटका लागि ५० पाउन्ड जसमा डिनरको समेत व्यवस्था हुनेछ भने स्ट्याण्डर्ड टिकट २५ पाउन्ड र विद्यार्थीको लागि २० पाउण्डको टिकट निर्धारण गरिएको छ ।
मार्केटिंगको जिम्मा लिएका अर्जुन तिवारीले विद्यार्थीहरूलाई विशेष सहुलियत प्रदान गर्ने उद्देश्यले टिकटमा छुटको व्यवस्था मिलाएको बताए ।
पहिलादेखि नै आफूले विद्यार्थीको आपतविपतमा सहयोग गर्दै आएको हुँदा विद्यार्थी एवं युवा वर्गलाई बढी फोकस गरेको उनले बताए । फेसबुक टिकटकलगायतका सामाजिक सञ्जालमा आफू निकै सक्रिय रहेकोले कार्यक्रम सफल पार्न लागिपरेको उनले बताए ।
माया इभेन्ट्सले नयाँ पुस्तालाई बढी फोकस गर्दै आएको बताउंदै आफूले नेपाली विद्यार्थीलाई विगतदेखि सहयोग गर्दै आएको भरतराज जोशीले बताए । बेलायतमा काम र कोठामा मात्र सिमित रहंदा एक्लोपन महशू हुने हुँदा रिफ्रेसमेन्टको लागि पनि यो कार्यक्रममा विद्यार्थीको लागि विशेष छुट गरेको उनले बताए ।
महानायक राजेश हमाल कमेडियनका रुपमा पहिलोपल्ट लन्डनबाट स्टेजमा उत्रिंदै छन् भने हमाल र क्षेत्रीले विश्व टुर अन्तर्गत पहिलो यात्रा लन्डनबाटै शुरु गर्न लागेका हुन् । नेपालका लिजेन्ड्री पप गायक नविन के भट्टराई करिब डेढ दशकपछि अतृप्त ब्यान्डसहित बेलायत आउन लागेका हुन् । आँखामा तिमीलाई, ए झरी, तिमी हौ लाखौँको धड्कन, सायद तिमी नै, दोबाटोमा, खाँदै नखाएको विषले, डर लाग्छ, अलि अलिकति पीडा, यही हो त माया, तिमीले हेर्दा कसैलाई लगायत दर्जनौँ गीतहरूलाई दर्शक श्रोताले अत्यधिक रुचाएका छन् ।
एउटै स्टेजमा नवीन के भट्टराई र ब्यान्डको गायन अनि महानायक राजेश हमाल र लोकप्रिय हास्यकलाकार सन्दीप क्षेत्री (मिस्टर ह्याप्पी) को स्ट्यान्ड अप कमेडी हेर्नका उपस्थित हुन सम्पूर्ण बेलायात्वासिलाई आयोजकले आग्रह गरेका छन् । माया इभेन्ट्सको फेसबुक पेजलगायत विभिन्न सामाजिक संजाल मार्फत अनलाइन टिकट शुरु भइसकेको छ ।
विदेशमा नेपाली कला संस्कृति जगेर्ना र संवर्धनका लागि नियमित इभेन्ट्स गर्ने उद्देश्यले स्थापित माया इभेन्ट्सले गत वर्ष लन्डनमा इन्फा फिल्म अवार्डस् कार्यक्रम सफलतापूर्वक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार