शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक थापा चर्तीमगर

बिहीबार, २९ फागुन २०८१, २० : ४१
बिहीबार, २९ फागुन २०८१

बुटवल । नेकपा माओवादी केन्द्रनिकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दीपक थापा चर्तीमगर चयन भएका छन् ।

बुटवलमा सम्पन्न छैँठो राष्ट्रिय अधिवेशनले १ सय ५१ सदस्यीय केन्दीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो । अध्यक्ष चर्तीमगर गण्डकी प्रदेशका पूर्वमन्त्री हुन् ।

बुटवलमा हिजोदेखि सुरु अधिवेशनबाट नयाँ नेतृत्वका लागि कार्य समिति चयन भएको आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

जसमा वरिष्ठ उपाध्यक्षमा माधव दलार्मी मगर, उपाध्यक्षमा चिनिमाया कालामगर, मीनबहादुर घर्तीमगर, टोपबहादुर दलार्मी मगर, लीला सोमैमगर, छमाया थापा मगर, लोकेन्द्र थापामगर, अनिता थापा मगर, हीराबहादुर थापा मगर, सबिना बुढा मगर, होमराज खपाङ्गी मगर, भक्त लुङ्गेली मगर (मगर ढुट), शारदा पुन मगर (खाम मगर) र मालबहादुर बुढामगर (मगर काइके) चयन भएका छन् । 

महासचिवमा जीवन प्रवेश रोका मगर चयन भएका छन् भने उपमहासचिवमा तीर्थ थापामगर, विशाल पुन मगर, मनोज राना मगर, खगेन्द्र पुनमगर, सिद्धबहादुर थापा मगर चयन भएका छन् । 

यस्तै सचिवमा वीरमान चर्तीमगर, टीकासरी बुढामगर, हरिबहादुर थापा मगर, धनबहादुर पुनमगर, चन्द्रप्रसाद बुढाथोकी मगर, केशव थापा मगर, यम खपाङ्गी मगर, दीपक थापा मगर, टुगा थापा मगर चयन भएका छन् । साथै कोषाध्यक्षमा अम्बिका खुलाल मगर चयन भएकी छन् । 

नवनिर्वाचित अध्यक्ष चर्तीमगरले संविधानमा उल्लेख भएको स्वायत्त क्षेत्र र विशेष क्षेत्र कार्यान्वयन गर्न तत्काल ऐन कानुन बनाउने विषयमा आफूले विशेष भूमिका खेल्ने बताए ।

सम्मेलनको पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?