शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य

बिहीबार, २९ फागुन २०८१, २१ : ००
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । पारिवारिक जमघट, कर्पोरेट मिटिङ, विशेष समारोह तथा उत्सवहरूको लागि काठमाडौँको उपयुक्त गन्तव्यमध्ये एक हो नेपाल हाउस। शान्त वातावरण, भरपर्दो सेवा र आधुनिक सुविधाहरूको संयोजनले नेपाल हाउसलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।

नेपाल हाउसमा सानोदेखि ठुला समूहका लागि उपयुक्त सेमिनार हल, मिटिङ हल, र डाइनिङ हल उपलब्ध छन्। पारिवारिक भेटघाटदेखि औपचारिक तथा अनौपचारिक कार्यक्रमहरू आयोजना गर्न चाहने व्यक्तिहरूका लागि नेपाल हाउस पहिलो रोजाइ बन्दै आएको छ। सरकारी तथा निजी क्षेत्रका कार्यालयहरू, व्यावसायिक समूहहरू, तथा व्यक्तिगत जमघटहरूका लागि यो गन्तव्य उपयुक्त मानिन्छ।

नेपाल हाउसको सुरम्य वातावरण, स्वादिष्ट परिकार, र भरपर्दो व्यवस्थापन यसका प्रमुख विशेषताहरू हुन्। सेलिब्रेटीहरूदेखि उच्च पदस्थ अधिकारीहरू, विदेशी पाहुना, तथा पर्यटकहरू पनि नेपाल हाउसको वातावरण, आतिथ्यता, र खानाको स्वादमा मुग्ध हुने गरेका छन्।

नेपाल हाउसले एकैसाथ १०० देखि २०० जनासम्मको सेवा दिनसक्ने छुट्टाछुट्टै सेमिनार हल उपलब्ध गराएको छ। आधुनिक सुविधासहितको यी हलहरू बैठक, गोष्ठी, प्रेस सम्मेलन, पार्टी, एल्बम विमोचन, चलचित्र शुभ मुहूर्त, बिबाह, बर्थडे, गुन्यु चोली, तथा अन्य शुभकार्य आयोजना गर्न उपयुक्त छन्।

7e1dee69-c3ec-48c0-b08c-1311ff0b9d2f

 रेस्टुरेन्टमा मल्टिकुजिन रेस्टुरेन्ट, बार, कफी शप, तथा बेकरी पनि रहेको छ, जसले ग्राहकहरूलाई विविध स्वादको अनुभव प्रदान गर्छ। खानाको पारखीहरूका  नेपाली, भारतीय, चिनियाँ, तथा अन्तर्राष्ट्रिय परिकारहरू उच्च गुणस्तरमा उपलब्ध छन्।

साथै नेपाल हाउसले आफ्नो पाहुनाहरूलाई उत्कृष्ट लाइभ ब्याण्ड तथा डीजे को प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्छ। विशेष अवसरहरूमा सांस्कृतिक कार्यक्रम तथा पारिवारिक मनोरञ्जन कार्यक्रमहरू पनि आयोजना गरिन्छ, जसले पाहुनाहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्छ।

नेपाल हाउसले नेपाली कला, संस्कृति, र मौलिक पहिचानलाई प्रवर्द्धन गर्दै पारिवारिक एवं सामाजिक एकता बलियो बनाउन विशेष कार्यक्रमहरू आयोजना गर्ने परम्परा कायम राख्दै आएको सञ्चालक रुद्र शर्मा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप