शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

बिहीबार, २९ फागुन २०८१, २० : ०७
बिहीबार, २९ फागुन २०८१

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । 

 कोशी प्रदेश सभाबाट पारित भई आएका विधेयक उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् । 

प्रमाणीकरण भएका विधेयकहरू यस प्रकार छन्– 

१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१

२. प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१

३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१

४. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१

५. कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप