बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते

बिहीबार, २९ फागुन २०८१, १९ : २३
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको हो । 

भक्तपुर प्रहरीले तीव्र गतिका कारण गाडी आफै अनियन्त्रित भएर सडकमा पल्टिएको जनाएको छ । 

 

दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप