होलीमा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट ५० जना पक्राउ
_rEQfqM7UnQ.jpg)
काठमाडौं । होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँ जिल्लाबाट ५० जना पक्राउ परेका छन्।
एक महिला र ४९ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
इच्छाविपरीत लोला हान्ने र रङ दल्नेलगायत अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बोहराले जानकारी दिए । उनीहरूलाई कसुरको प्रकृति हेरेर मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने उनले बताए ।
बिहीबार मापसे गरेर सवारीसाधन चलाउने, लागु पदार्थ खाएर चलाउने र कागजात नभएका ९० वटा सवारीसाधनका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।जसमध्ये दुईपांग्रे ८५ वटा र पाँच वटा चारपांग्रे सवारी नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए ।
काठमाडौँका विभिन्न स्थानबाट २ सय १९ वटा सवारीसाधन नियन्त्रण्मा लिए पनि कागजात भएकाहरूलाई जरिवाना गरेर ट्राफिक प्रहरीले छाडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीप्रति विद्यार्थी सङ्गठनहरूको आपत्ति
-
प्रधानाध्यापकमाथि कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी
-
हिल्साको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
-
रिङ्कु सदा मृत्यु प्रकरण : पञ्चायतीमा बसेका थप दुई जना पक्राउ
-
काठमाडौँ आइपुगे प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली
-
पक्राउ परेको केही घण्टामै प्रहरी हिरासतबाट थुनुवा भागे