कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस–युक्रेन युद्ध सुरु भएपछि यस क्षेत्रमा उनको यो पहिलो भ्रमण हो ।
रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको १,१०० वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् । रुसी मिडिया रिपोर्टका अनुसार आफ्नो भ्रमणको क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्न आग्रह गरेका छन् ।
युक्रेनले अगस्ट २०२४ मा रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । यस क्रममा ठूलो क्षेत्र कब्जा गर्यो । त्यसपछि रुसले यहाँबाट हजारौँ मानिसहरूलाई बाहिर निकाल्यो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन सिर्जना गरेको र पूर्वी युक्रेनमा रूसी सेनाको तैनाथीलाई रोकेको बताएका थिए ।
हालैका समयमा रुसले कुर्स्क क्षेत्रमा आफ्नो भूमि फिर्ता लिइरहेको रिपोर्टहरू बाहिर आएका छन् । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत युद्धविराम वार्ता गर्न चाँडै मस्को पुग्ने बताइएको छ । यद्यपि, अमेरिकी प्रस्तावमा पुटिनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन