उपत्यकाको होली सुरक्षा
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
बिहीबार, २९ फागुन २०८१, १४ : ३५
_xQOqLxIxFe.jpg)
काठमाडौँ । रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । काठमाडौँको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ ।
इच्छा विपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कसुरको प्रकृति हेरेर उनीहरूलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसपी बोहराले जानकारी दिए ।