बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित

बिहीबार, २९ फागुन २०८१, १४ : २८
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले रातोपाटीलाई बताए । 

‘चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो । विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले चैत ९ गते जनकपुरमा राखिएको विरोध सभा स्थगित गरिएको छ’, श्रेष्ठले भने । 

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए । फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप