बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

बिहीबार, २९ फागुन २०८१, १४ : ०१
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ । 

पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ । फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जानेगरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप