बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

रास्वपा कार्यालयमा मनाइयो होली

बिहीबार, २९ फागुन २०८१, १३ : ५९
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले होली पर्व मनाएको छ । 

बिहीबार पार्टी कार्यालय वनस्थलीमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकमाझ रास्वपाले होली पर्व मनाएको हो ।

 सो क्रममा उनीहरूले एक आपसमा रंग दलेर शुभकामना आदान प्रदान गरेका थिए । रास्वपा नेताहरूले आम सर्वसाधारणहरूलाई होलीको शुभकामना दिएका थिए । 

उनीहरूले आफ्ना सभापतिमाथि पनि कानुनी हतियार प्रयोग गरेर अन्याय भएको जनाएका थिए । सभापतिमाथिको अन्याय छिटै अन्त्य हुने र न्याय प्राप्त हुने उनीहरूको भनाइ छ । 

रास्वपाले सबै वडाहरूमा पनि होली पर्व मनाइएको जनाएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप