बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

नेपाली खेलाडी प्रभालाई लङ्जम्पमा रजत

बिहीबार, २९ फागुन २०८१, १३ : ५७
बिहीबार, २९ फागुन २०८१

काठमाडौँ । नेपालकी प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङ्जम्पमा रजत पदक जितेकी छन् । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी–४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको जानकारी प्रशिक्षक विमला राना मगरले दिइन् । 

उक्त स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो । लङजम्पसहित तीन स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा चार सय मिटर दौडमा उनी चौथो भइन् । प्रभाले बिहीबार नै दुई सय मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप