सातदोबाटोमा खेलाडीको होली
बिहीबार, २९ फागुन २०८१, १३ : ५४

काठमाडौँ । मिसन– २०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भेला भएर बिहीबार होली पर्व मनाएका छन् ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारीलगायतले एक–आपासमा रंग दलेर होलीको शुभकामना आदान–प्रदान गरेका थिए ।
प्राय तालिममै व्यस्त रहने खेलाडीलाई विशेष अवसरमा फरक अनुभूति दिलाएर पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङलाई हराउन नेपालले ११६ रन बनाउनुपर्ने, युवराजले लिए ४ विकेट
-
एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान
-
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि : चैतमा १२ हजार भित्रिए
-
पदक विजेता बक्सिङ खेलाडीलाई स्वागत, तस्बिरहरू
-
‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा प्रदर्शन हुने
-
एलभीएमएचलाई उछिनेर येहमेस बन्यो विश्वको सबैभन्दा मूल्यवान् लक्जरी कम्पनी