बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

युद्ध विरामका लागि ट्रम्पसामु पुटिनले राखे यी दुई सर्त, अब के गर्लान् जेलेन्स्की ?

बिहीबार, २९ फागुन २०८१, १२ : २५
बिहीबार, २९ फागुन २०८१

मस्को । रुस र युक्रेनबीचको तीन वर्षदेखि जारी युद्धको अस्थायी अन्त्यको लागि तयार पारिएको सम्झौतालाई अब रुसले अड्को थापेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग युद्धविराम सम्झौताका लागि अमेरिकासमक्ष दुई सर्त राखेका छन् । 

रिपोर्टका अनुसार रुसले युक्रेनसँग युद्धविराम सम्झौतामा सहमत हुनुअघि आफ्ना दुई सर्तहरू पूरा गर्न चाहेको छ । उसको पहिलो सर्त युक्रेनलाई नेटोको सदस्य बन्नबाट रोक्नु हो । दोस्रो सर्त चाँहि क्रिमिया र युक्रेनका अन्य चार क्षेत्रहरूमा रुसको कब्जालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउनु हो ।

तर, रुसले यी मागहरू अमेरिका र नेटो समक्ष पहिले पनि धेरै पटक उठाएको थियो । आफ्नो एक टुक्रा भूमि पनि रुसलाई दिन्न भनेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्दै आएका छन् । यस्तो जेलेन्स्कीले अब के गर्लान् भन्ने धेरै चासो भएको छ । जेलेन्स्की युद्धविरामको पक्षमा छन् । तर पुटिनको अडान उनका लागि समस्या बन्ने देखिएको छ । 

यसअघि साउदी अरबमा युद्धविरामको विषयमा युक्रेन र अमेरिकाबीच सहमति भएको थियो । यसपछि अमेरिकाले रुसलाई ३० दिने युद्धविरामको योजना पठायो । तर पुटिनको ढिलासुस्तीलाई ध्यानमा राख्दै राष्ट्रपति ट्रम्पले उनलाई स्पष्ट चेतावनी नै दिएका थिए । 

रुस युद्धविराममा सहमत हुने आशा आफूले गरेको ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए । अमेरिकी प्रतिनिधिहरू रुस जान लागेको पनि उनले बताएका थिए । युक्रेनसँग रुसको ३० दिने युद्धविराम सम्झौता पुटिनलाई पठाइएको छ । रुसले युक्रेन विरुद्ध युद्ध जारी राख्यो भने गम्भीर परिणाम भोग्नुपर्ने भन्दै ट्रम्पले पुटिनलाई पहिले नै चेतावनी दिएका थिए । 

यसको आर्थिक परिणाम उसले भोग्नुपर्ने हुन सक्छ । यो रुसको लागि विनाशकारी हुने भन्दै ट्रम्पले आफ्नो उद्देश्य शान्ति ल्याउनु भएको भनेका थिए । यसअघि साउदी अरेबको जेद्दामा अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच ३० दिनको युद्धविराममा सहमति भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप